Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

शेयर बजार २ घण्टा मै बन्द

शेयर बजार २ घण्टा मै बन्द

काठमाडौं, १६ असार । मंगलबार (आज) २ घण्टामा ६ प्रतिशतको सकारात्मक सर्किट लागेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आजका लागि शेयर कारोबार बन्द गरेको छ । शेयर खरिद विक्रीमा चाप परेसँगै लगातार परिसूचकमा सकारात्मक सर्किट लागेपछि बजार बन्द भएको हो । आज नेप्से परिसूचक ७२.०५ अंकले बढेर १२६०.७५ विन्दुमा रोकिएको छ । नेप्से परिसूचक ६.०६ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै १३४ कम्पनीलको २२ करोड ७२ लाख १२ हजार रुपैयाँमा ४ लाख ८९ हजार ५ सय ३७ कित्ता शेयर खरिद विक्री भएको छ । सबैभन्दा बढी शेयर मूल्य वृद्धि हुनेमा नागरिक लगानी कोष, एशियन लाईफ इन्स्योरेन्स कम्पनील लिमिटेड, सूर्य लाईफ इन्स्योरेन्स, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, नेसनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र शिवम् सिमेन्ट रहेका छन् । यी कम्पनीको शेयर मूल्य १० प्रतिशतभन्दा बढीले वृद्धि भएको हो ।

आज कारोबारमा आएका १२ समूहमध्ये होटल समूह र म्यूचुअल फण्ड समूहको परिसूचकमा कमी आएको छ । होटल समूहको ३.१३ प्रतिशत र म्यूचुअल फण्ड समूहको ०.३३ प्रतिशतले परिसूचकमा कमी आएको हो । अत्याधिक परिसूचक वृद्धि हुनेमा लाईफ इन्स्योरेन्स समूह रहेकोे छ । यो समूको ९.४१ प्रतिशतले परिसूचकमा वृद्धि भएको होे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x