Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेपालमा शुरू भयो कोरोना भाइरसको जीनको अध्ययन

नेपालमा शुरू भयो कोरोना भाइरसको जीनको अध्ययन

काठमाडौं, १६ असार । नेपालमा कोरोना भाइरस (कोभिड १९)को अनुवंश (जीन सिक्वेन्सिङ)को अध्ययन शुरू भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपाली वैज्ञानिक र अनुसन्धान कर्ताबाट कोरोना संक्रमितमा रहेकाको जीनको अध्ययन थालेको हो । परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले नेपालमा संक्रमितमा रहेको जीन कस्तो प्रकारको रहेको भनेर अध्ययन गर्न शुरू भएको बताएको राससमा उल्लेख छ । कोभिड–१९ का विभिन्न जीन रहेकाले अध्ययनबाट नेपालमा रहेको कुन जीन हो भन्ने पत्ता लगाइनेछ ।
परिषद्ले यसका लागि काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरेर प्रक्रिया अगाडि बढाएको छ । यसैगरी त्रिभुवन विश्वविद्यालय र अन्य निजी प्रयोगशालासँग पनि सम्झौता गर्ने तयारी गरेको छ । जीनको अध्ययनका लागि काठमाडौं विश्वविद्यालयले उपकरण समेत खरिद गरेर ल्याइसकेको बताइएको छ । अध्ययनबाट कोरोना भाइरस कति शक्तिशाली छ भन्ने पत्ता लाग्ने उल्लेख छ ।
जीन सिक्वेन्सिङका लागि अहिले प्रयोगशालाको परीक्षण, सङक्रमित व्यक्तिको संकलित नमूना संकलन गर्ने कार्य भइरहेको परिषद्ले बताएको छ । परिषद्ले शुरुमा १५ जना सङक्रमितको जीनको अध्ययन गर्ने छ र यसपछि ५० देखि ६० जनाको गर्ने छ । उहाँ अनुसार फरक फरक देशबाट आएका मानिसको जीनको अध्ययन गरिनेछ ।
अध्ययनबाट कोभिड १९ को संक्रमणले मानिसको रगतमा कुन कुन चीज उत्पन्न भएको छ भनेर पनि पत्ता लाग्ने बताइएको छ । यस्तै नेपालका संक्रमित रहेका मध्ये ९८ प्रतिशत कोभिड १९ को मेडिकल लक्षण चिह्न (क्लिनिकल साइन सिन्ट्रोम) नभएको पाइएको अवस्थामा अध्ययनले कुन प्रकारको जीनको कारणले यहाँका मानिसमा सङक्रमण रहेको र भाइरसको कुन चाहिँ जीन नेपालमा बढी रहेको भन्ने कुरा थाहा हुनेछ । जीनको अध्ययनपछि गुणस्तर परीक्षणका लागि विश्व स्वास्थ्य संगठनको स्वीकृतमा विदेश रहेका प्रयोगशालामा समेत परीक्षण गरिने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x