Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

उपत्यका बाहिर जान ९ हजार ४ सय सवारी पास वितरण

उपत्यका बाहिर जान ९ हजार ४ सय सवारी पास वितरण

काठमाडौं, १६ असार । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका बाहिर जानका लागि १६ दिनको अवधिमा ९ हजार ४ सय सवारी पास वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार मंगलबारसम्ममा ९ हजार ४ सयले काठमाडौं बाहिर जानका लागि सवारी पास लिएका छन् ।

सबैभन्दा बढी रुपन्देही जिल्ला जानका लागि सवारी पास लिने गरेका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जनाकारी दिए । ‘अहिलेको तथ्यांक हेर्दा सबैभन्दा बढी सवारी पास रुपन्देही जिल्ला जानेले लिएको पाइएको छ ।’ उनले भने ‘रुपन्देहीको नाका हुँदै भारतीयहरु घर जाने गरेका छन् ।’ जिल्ला प्रशासन कार्यालयले भारतीयहरुलाई घर जानका लागि नेपाल स्थित भारतीय दुतावासको सिफासिसमा सवारी पास उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै प्रशासनबाट अत्यावश्यक काम पर्नेहरुले निवेदनमा खुलाएपछि सवारी पास उपलब्ध हुनेछ । सावारी पासका लागि गाडी नम्बर, जाने मिति र जाने स्थान स्पष्ट रुपमा निवेदनमा उल्लेख गर्नुपर्ने भट्ट बताउँछन् । भट्टका अनुसार हालसम्म विरामी, कार्यालयको काम पर्नेहरु र घरमा अत्यावश्यक काम पर्नेहरुले सवारी पासका लागि निवेदन दिने गरेका छन् । पहिले सवारी पासको लागि कार्यालय समय अवधिभरी नै निवेदन दिन सकिने व्यवस्था थियो । तर, अहिले कार्यालयले सवारी पास लिनका लागि विहान १० बजेदेखि १२ बजेसम्म निवेदन दिने निश्चित समय तोकेको छ । यसले कार्यालयमा हुने भिडभाडलाई व्यवस्थापन गरेको उनी बताउँछन् । यो नियम असार १४ गतेदेखि लागु गरिएको हो । योभन्दा पहिले सवारी पासका लागि निवेदन दिने र पास लिनेको भिड लाग्ने गरेको थियो । यसले कोरोना संक्रमण फैलन सक्ने खतरा बढेको थियो ।

जिल्ला प्रशासन कार्यालयले गत जेठ ३२ गते सूचना जारी गर्दै १ गतेबाट लागु हुने गरी उपत्यका बाहिर जानका लागि सवारी पास उपलब्ध गराउँदै आएको छ । सरकारले लकडाउनको स्वरुप परिवर्तन गरेपश्चात प्रशासनले गत जेठ १ गतेबाट उपत्यका भित्र अत्यावश्यक उद्योग सञ्चालन गर्न सावारी पास उपलब्ध गराउँदै आएको थियो । तर, गत जेठ २८ गतेको बसेको मन्त्रीपरिषद्को बैठकले लकडाउन खुकुलो बनाएर निजी सावरी साधनमा जोर विजोरको नियम लागु गरेपछि असार १ गतेबाट ती सबै सवारी पास खारेज गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x