Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

लकडाउन खुकुलो भएसँगै निगमले पेट्रोलियमको मूल्य बढायो

लकडाउन खुकुलो भएसँगै निगमले पेट्रोलियमको मूल्य बढायो

काठमाडौं, १७ असार । लकडाउन खुकुलो भइ पेट्रोलियम पदार्थको उपभोग बढ्न थालेपछि नेपाल आयल निमगले उपभोक्ता मूल्य बढाएको छ । बुधबारदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको हो ।

यो सँगै पेट्रोलको मूल्य प्रति लिटर १०१ रुपैयाँ पुगेका छ भने डिजेलको मुल्य लिटरको ८७ रुपैयाँ पुगेको छ । लकडाउनको समयमा माग कम भएपछि निगमले तेलको मूल्य घटाएको थियो । यद्यपि त्यससमयमा अन्तर्राष्ट्रिय बजारमा पनि तेलको मूल्यमा गिरावट आइरहेको थियो ।

भारतीय आयल कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर ४.७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५.८० रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६.०६ रुपैयाँ मूल्य बढाएर सूची पठाएपछि मूल्य बढाउनुपरेको निगमले जनाएको छ । यद्यपि एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य क्रमशः उकालो लागिरहेको छ । जुन ३० मा ब्रेन्ट क्रुड आयलको मूल्य प्रति ब्यारेल ४१.१५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x