Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

११ महिनामा वीरगञ्ज भन्सारबाट पौने ४ खर्बको आयात

११ महिनामा वीरगञ्ज भन्सारबाट पौने ४ खर्बको आयात

काठमाडौं, १९ असार । चालू आवको ११ महिनामा वीरगञ्ज भन्सार नाकाबाट पौने ४ खर्ब बराबरको वस्तु आयात भएको छ । नेपालकै सबैभन्दा बढी वैदेशिक व्यापार हुने उक्त नाकाबाट जेठ मसान्तसम्ममा ३ खर्ब ७५ अर्ब ४४ करोड १ लाख २६ हजार रुपैयाँ बराबरको सामग्री भित्रिएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
उक्त अवधिमा दोस्रो बढी आयात भएको नाका भैरहवा भन्सार रहेको छ । यो भन्सारबाट १ खर्ब ८३ अर्ब १० करोड ५४ लाख बराबरको वस्तु आयात भएको छ । सो अवधिमा बढी आयात हुने तेस्रो ठूलो नाकाको रूपमा विराटनगर भन्सार देखिएको छ, जसबाट १ खर्ब २० अर्ब ८० करोड आठ लाख बरारबको सामग्री भित्रिएको पाइन्छ ।
सोही अवधिमा वीरगञ्ज भन्सार कार्यालयबाट सबैभन्दा निर्यात भएको छ । विभागको अनुसार ११ महिना अवधिमा सो नाका हुँदै २९ अर्ब २१ करोड ६६ लाख बराबरको सामग्री निर्यात भएको छ । यसैगरी विराटनगर भन्सारबाट २५ अर्ब ६२ करोड ८ लाख, त्रिभुवन विमानस्थलबाट १८ अर्ब १२ करोड ५९ लाख, भैरहवा भन्सारबाट २ अर्ब ५७ करोड ९२ लाख, मेची भन्सारबाट ७ अर्ब ४१ करोड चार लाख, नेपालगञ्ज भन्सारबाट १ अर्ब ५५ करोड ६९ लाख र रसुवा भन्सारबाट ५८ करोड २३ लाखमूल्य बराबरको सामग्री निर्यात भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x