Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सहज भएन चिया निकासी, नाका परिवर्तनले व्यवसायीलाई सकस

सहज भएन चिया निकासी, नाका परिवर्तनले व्यवसायीलाई सकस

काठमाडौं, २६ असार । कोरोनाको कारण अन्तर्राष्ट्रिय बजारबाट चिया खरिदका लागि माग नआउँदा चिया निकासीमा समस्या देखिएको छ । नेपालमा उत्पादन हुने चियाको ठूलो हिस्सा विदेश निर्यात हुने गरेपनि यस पटक भने सहज ढङ्गले चिया निकासी हुन सकेको छैन ।
चैतको शुरुआतदेखि नै अन्तर्राष्ट्रिय बजारका लागि ठूलो परिमाणमा चियाको माग आउँथ्यो । त्यसपछि उद्योगीले चियाको ‘सिम्बोल’ पठाउँथे र चिया निकासी शुरू हुन्थ्यो । तर, यस वर्ष भने असार मसान्त हुन लाग्दासमेत चिया पठाउन सकस परेको छ । चिया उद्योगी शरद सुब्बाले भारतबाट निकासी हुने चियामा समस्या हटे पनि नेपालकै अन्तर्राष्ट्रिय विनास्थलबाट पठाउने चियामा भने समस्या रहेको बताएको राससमा उल्लेख छ ।
यस वर्ष पनि भारतले काँकडभिट्टा नाका केही दिन बन्द गर्दा उद्योगीले समस्या भोग्नुप¥यो । अहिले भारतले नाका खोलेको भए पनि अन्तर्राष्ट्रिय बजारबाट माग नआएको उद्योगी व्यवसायीले बताएका छन् । सिजनकै समयमा कोरोना महामारी आइलागेपछि धेरैजसो उद्योगीले चिया पठाउन अझै पनि सकेनन् ।
अन्तर्राष्ट्रिय बजारमा काँकडभिट्टा हुँदै चिया जाने गरे पनि अहिले जोगबनी नाकाबाट निकासी हुने गरेको छ । नाका परिवर्तन गरेर चिया लैजानु परेकाले भन्सारमा बुझाउने रकम भने खर्चिलो हुने गरेको उद्योगीको गुनासो छ । नाका परिवर्तन गरेपछि पहिलेको भन्दा रू. ७० हजार हाराहारीमा खर्च बढी आउने गरेको सूर्योदय टी प्रोडक्सन एशोसिएशनका सचिव गोपाल कट्टेलको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x