विश्वभर सवा करोड मानिस कोरोना सङ्क्रमित, भारतमा एकैदिन २८ हजार सङ्क्रमित
बेइजिङ, २८ असार कोरोना भाइरसबाट विश्वभरी सङ्क्रमित भएकाहरुको संख्या एक करोड २६ लाखभन्दा बढी पुगेको छ । जोन्स हकिन्स विश्वविद्यालयले दिएको जानकारी अनुसार विश्वभरी एक करोड २६ लाख ७१ हजार ५९२ जना सङ्क्रमित भएका छन् ।
कोरोनाभाइरसबाट विश्वभरी सङ्क्रमित भएकाहरुको संख्या एक करोड २६ लाखभन्दा बढी पुगेको छ । त्यसैगरी सवैभन्दा धेरै अमेरिकामा ३२ लाख ४२ हजार, दोस्रो धेरै ब्राजिलमा १८ लाख ३९ हजार र तेस्रो धेरै सङ्क्रमित रहेको भारतमा कूल आठ लाख २० हजार जना सङ्क्रमित भएका छन् । रुसमा सात लाख १९ हजार, पेरुमा तीन लाख २२ हजार, चिलिमा तीन लाख १२ हजार, बेलायतमा दुई लाख ९० हजार, मेक्सिकोमा दुई लाख ८९ हजार, दक्षिण अफ्रिकामा दुई लाख ६४ हजार जना र चीनमा ८५ हजार ५१८ जनाभन्दा बढी सङ्क्रमित भएको विश्वविद्यालयले जनाएको छ । भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै २८ हजारभन्दा बढी सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा २८ हजार ६३७ जना सङ्क्रमित भएका छन् भने ५५१ जनाको मृत्यु भएको छ । एजेन्सी