Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

संशोधित अनुमानभन्दा बढी खर्च

संशोधित अनुमानभन्दा बढी खर्च

काठमाडौं, १ साउन । अघिल्लो आर्थिक वर्ष २०७६–७७ मा सरकारको संशोधित अनुमानभन्दा बढी खर्च भएको छ । चालु वर्षका लागि बजेट पेश गर्ने क्रममा सरकारले १० खर्ब ७३ अर्ब ३५ करोड रुपैँया खर्च हुने संशोधित अनुमान पेश गरेको थियो । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्षमा कुल १० खर्ब ९४ अर्ब ३४ करोड रुपैँया खर्च भएको छ । जुन सरकारको कुल बजेटको ७३.४८ प्रतिशत हो ।

गत आर्थिक वर्षमा ७ खर्ब ९३ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । कोभिड–१९ का कारण मुलुकको उद्यम व्यवसायमा परेको चौतर्फी प्रभावका बाबजुद पनि सरकारले कुल राजस्व लक्ष्यको ७१.३८ प्रतिशत राजस्व संकलन भएको छ । सरकारको राजस्व चालु खर्चको तुलनामा सामान्य बढी छ । गत आर्थिक वर्षमा सरकारको चालु खर्च ७ खर्ब ८६ अर्ब रुपैयाँ रहेको छ ।
गत आवमा विकास खर्चतर्फ ठूलो शिथिलता देखिएको छ । लक्षित विकास खर्चमध्ये इतिहासमै सबैभन्दा कम ४७ प्रतिशत मात्र विकास बजेट खर्च भएको छ । सरकारले गत आर्थिक वर्षमा ४ खर्ब ८ अर्ब पुँजीगत बजेट विनियोजन गरेकोमा १ खर्ब ९१ अर्ब रुपैँयामात्र खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

त्यस्तै, विदेशी ऋणको साँवा ब्याज भुक्तानी तथा संस्थानमार्फत् गरिने लगानीको लागि वित्तिय व्यवस्थातर्फको विनियोजित बजेट मध्ये कुल विनियोजनको ६९.१३ प्रतिशत अर्थात् १ खर्ब १६ अर्ब रुपैयाँ बजेट खर्च भएको छ । चालु, पुँजीगत र वित्तिय व्यवस्थामध्ये चालुतर्फ सबैभन्दा बढी अर्थात् कुल विनियोजनको ८२.१८ प्रतिशत खर्च भएको महालेखा नियन्त्रक कार्यालयले उल्लेख गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x