नेपाल लाईफबाट झा बाहिरिए, कामु सिईओको जिम्मेवारी प्रसाईंलाई
काठमाडौं, १ साउन । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत विवेक झा बिदा भएका छन् । झा आजदेखि कम्पनीबाट बिदा भएका हुन ।
योसँगै कम्पनीको संचालक समितिले डेपुटी सीईओ सन्तोष प्रसाईंलाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।
झाले नेपाल लाइफमा नौ वर्ष ११ महिना काम गरे ।