Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

विद्युतीय कारोबार र अन्तर–बैंक एटीएम सेवामा आजदेखि शुल्क लाग्ने

विद्युतीय कारोबार र अन्तर–बैंक एटीएम सेवामा आजदेखि शुल्क लाग्ने

काठमाडौं, १ साउन । विद्युतीय कारोबार र अन्तर–बैंक एटीएम सेवामा आजदेखि पुनः शुल्क लाग्ने भएको छ । लकडाउन अवधिमा विद्युतीय तथा अन्तरबैंक एटीएम प्रयोगमा दिइएको निःशुल्क सुविधा नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएशन नेपाल र नेपाल वित्तीय संस्था संघले बुधवार संयुक्त रूपमा सूचना जारी गर्दै उक्त कारोबारमा साउन १ देखि निःशुल्क सुविधा बन्द गर्ने निर्णय गरेका हुन् ।
बैंक तथा वित्तीय संस्थाले लकडाउन खुकुलो भएसँगै बैंकका शाखाहरू खुलेको र आवतजावत समेत सहज भएको भन्दै पुनः शुल्क लाग्ने घोषणा गरेका हुन् । बैंकहरूले गत चैत ७ गतेदेखि उक्त कारोबारमा शुल्क नलाग्ने व्यवस्था गरेका थिए ।
साथै, संघहरूले लकडाउन अवधिमा कनेक्ट आईपीएस, एनसीएचएल–आईपीएस, एनसीएचएल–ईसीसी सेवामा पनि अबदेखि शुल्क लाग्ने बताएका छन् । हाल प्रायःजसो सबै बैंक तथा वित्तीय संस्थाका शाखाहरू सञ्चालनमा आउन थालेको तथा बन्दाबन्दी समेत खुकुलो भई आवतजावत सहज भइसकेकोले साउन १ गतेदेखि विद्युतीय कारोबार तथा अन्तर–बैंक एटीएम सेवामा यसअघि गरिएको निःशुल्क व्यवस्था नगरिने भएको छ,’ सार्वजनिक सूचनामा उल्लेख छ । तर यस्तो कारोबार गर्दा शुल्क लिने वा नलिने निर्णय सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरू आफैले निर्धारण गर्न सक्ने बताइएको छ । ग्राहकलाई यसबारे थप जानकारी चाहिए आप्mनो सम्बन्धित बैंक शाखामा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x