Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

यस वर्षको मौद्रिक नीति शुक्रवार सार्वजनिक गरिँदै

यस वर्षको मौद्रिक नीति शुक्रवार सार्वजनिक गरिँदै

काठमाडौं, १ साउन । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति शुक्रवार सार्वजनिक गरिने भएको छ । गभर्नर महाप्रसाद अधिकारीले ल्याउन लागेको उक्त पहिलो मौद्रिक नीतिको सम्पूर्ण तयारी पूरा भएकाले शुक्रवार दिउँसो सार्वजनिक गर्ने कार्यक्रम रहेको नेपाल राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । कोरोना महामारीको संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यस वर्षको मौद्रिक नीति औपचारिक कार्यक्रमविना बैंकको केन्द्रीय कार्यालयबाट प्रत्यक्ष प्रसारण गरिने भएको छ ।
मौद्रिक नीतिबारे आम उद्योगी, व्यवसायी, बैंकर लगायतको चासो भइरहेका बेला यस वर्षको मौद्रिक नीति कोरोनाले थलिएको अर्थतन्त्रलाई पुनरुत्थान दिने र बजेटले लिएका लक्ष्यहरूलाई सघाउने गरी आउन लागेको बुझिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x