सनराइज बैंकले ल्यायो ९.९५ प्रतिशतको “सनराइज सरल एसएमई कर्जा” योजना
काठमाडौं, ७ साउन । सनराइज बैंकले ९.९५ प्रतिशत वार्षिक ब्याज दरमा “सनराइज सरल एसएमई कर्जा” उपलब्ध गराउने भएको छ । आफूसँग ज्ञान, सीप, क्षमता र उद्यमशीलता भएर पनि पूँजीको अभावले उद्यम तथा व्यवसाय सञ्चालन तथा विस्तार गर्न नसकेका साना व्यवसायीलाई सहज तथा सरल ढङ्गले तत्कालै कर्जा उपलब्ध गराउने उद्घेश्यले बैंकले यस्तो कर्जा योजना ल्याएको जनाएको छ ।
ग्राहकले यस्तो कर्जा लिन आवश्यक सम्पूर्ण कागजात बैंकमा पेश गरेको २४ कार्य घण्टामै कर्जा उपलब्ध गराईने बैंकले जनाएको छ । यस व्यवस्था अन्र्तगत ग्राहकले एक करोड रुपैयाँ सम्मको कर्जा सहुलियत ब्याज दरमा प्राप्त गर्न सक्नेछन् ।
यस्तै बैंकले कर्जाको लागि प्रचलित धितो आवश्यकताको लागि समेत केहि छुट प्रदान गर्नुका साथै यस्तो सुविधा उपयोग गर्ने व्यवसायसँग सम्बन्धित व्यक्तिहरुले निशुल्क क्रेडिट कार्डको सुविधा समेतको लाभ उठाउन सक्ने जनाइएको छ। यो सुविधा देशभर रहेका बैंकको १ सय ३४ शाखा पाइने बैंकले जनाएको छ ।