प्रदेश २ मा सबैभन्दा बढी बेरुजु, गत आवसम्ममा रू. १ अर्ब ९९ करोड
जनकपुर, १० साउन । नेपालका सात प्रदेशमध्ये प्रदेश २ को बेरुजु सबैभन्दा बढी देखिएको छ । महालेखा परीक्षक कार्यालयले हालै सार्वजनिक गरेको ५७औं प्रतिवेदनका अनुसार गत आर्थिक वर्ष २०७६÷७७ सम्ममा प्रदेश २ मा रू. १ अर्ब ९९ करोड बेरुजु रहेको छ ।
प्रदेश २ सरकार मातहत सरकारी कार्यालय, अन्य संस्था र समितितर्फ अघिल्लो आर्थिक वर्ष २०७५÷७६ सम्मको बाँकी बेरुजु रकम १६ करोड ४६ लाख रहेकोमा गत आर्थिक वर्षमा १ अर्ब ८२ लाख ५४ हजार रुपैयाँ थपिएको हो ।
महालेखा परीक्षक कार्यालयले प्रदेश २ का १ सय २६ सरकारी कार्यालयको २५ अर्ब ७२ करोड १४ लाख रुपैयाँको लेखा परीक्षण गरेको गत आवमा मात्र उक्त रकमको बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । महालेखाको प्रतिवेदन अनुसार कुल बेरुजुमध्ये पेश्की रकम ५५ करोड २७ लाख रुपैयाँ छ । सात प्रदेशमध्ये प्रदेश २ मा सबैभन्दा बढी ७ दशमलव ९ र सबैभन्दा र बागमती प्रदेशमा सबैभन्दा कम २ दशमलव ५० प्रतिशत रकम बेरुजु देखिएको छ ।