Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

व्यवसायिक पहल र मदन भण्डारी विश्वविद्यालयबीच सहकार्यको सम्झौता

व्यवसायिक पहल र मदन भण्डारी विश्वविद्यालयबीच सहकार्यको सम्झौता

काठमाडौं, १५ साउन । राष्ट्रिय व्यवसायिक पहल र मदन भण्डारी विश्वविद्यालय विज्ञान तथा प्रविधि विकास बोर्डले तुलनात्मक लाभका क्षेत्र पहिचान गरी नयाँ प्रविधिको विकास तथा सुधार गर्दै उद्यमको क्षमता विकास, नवप्रवद्र्धन, आवश्यक अनुसन्धान र शैक्षिक कार्यक्रमको सञ्चालनमा साझेदारी गर्ने भएका छन् ।

सो सम्झौता पत्रमा पहलका अध्यक्ष कुश कुमार जोशी र बोर्डका अध्यक्ष प्रा.राजेन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

यस सम्झौताका विषयहरु कार्यान्वयन गर्न स्रोतहरूको परिचालन र समन्वयको लागि बोर्डमा इन्क्युबेशन सेन्टर स्थापना गर्ने र एउटा यस्तै, उद्यम कोष तथा एन्ज्यल फन्डको स्थापना गर्ने पनि सम्झौता पत्रमा उल्लेख छ । यसबाट पहलका सदस्य एवं सम्पूर्ण उद्यमी व्यवसायी र नयाँ व्यवसाय गर्न चाहनेहरुका लागि टेवा पुग्ने विश्वास लिइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x