Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सुनको मूल्य आज ३ सय बढ्यो, प्रतितोला ९९ हजार ३ सयमा कारोबार

सुनको मूल्य आज ३ सय बढ्यो, प्रतितोला ९९ हजार ३ सयमा कारोबार

काठमाडौं, १६ साउन । स्थानीय बजारमा सुनको मूल्य बढेर तोलाको १ लाख रूपैयाँ नजिक पुगेको छ। हिजोको तुलनामा आज प्रतितोला ३०० रूपैयाँले मूल्य बढेर ९९ हजार ३०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ३०० रूपैयाँ तोकेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। यससँगै सुनको मूल्यमा नयाँ कीर्तिमान बनेको छ।

बिहीबार नेपालमा सुन प्रतितोला ९९ हजार रूपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण नेपालमा पनि त्यसको असर देखिएको हो। अमेरिकी डलर तथा कच्चा तेलको मूल्यमा हुने घटबढले पनि सुनको मूल्यमा प्रभाव पर्ने गरेको छ।

चाँदीको मूल्य भने आज तोलामा २५ रूपैयाँले घटेको छ। महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला एक हजार २०० रूपैयाँ कायम गरेको छ। हिजो चाँदी प्रतितोला १ हजार २२५ रूपैयाँमा कारोबार भएको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x