Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

सांग्रिला डेभलपमेन्ट बैंकका ऋणीलाई साउन महिनाको ब्याजमा २० प्रतिशत छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ऋणीलाई साउन महिनाको  ब्याजमा २० प्रतिशत छुट

काठमाडौं, १६ साउन । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कोभिड–१९ महामारीबाट प्रभावित ऋणीहरुलाई साउन महिनाको ब्याज रकममा २०% छुट दिने भएको छट । बैंकका सेवाग्राही (ऋणी)ले २०७७ असार मसान्तसम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम श्रावण मसान्तसम्म भुक्तानी गरेमा साउनको ब्याज रकममा २० प्रतिशत छुट हुने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।
बैंकले ब्याज रकममा प्रदान गर्ने यस छुटले ऋणीहरुलाई हालको विषम परिस्थितिमा केही सहयोग पुग्ने अपेक्षा बैंकले गरेको छ । मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएमका साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x