Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सामान्य अंकले घटेको शेयर बजारमा कारोबार रकम भने ३१ करोड घट्यो

सामान्य अंकले घटेको शेयर बजारमा कारोबार रकम भने ३१ करोड घट्यो

काठमाडौं, २२ साउन । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ । परिसूचनक घटेसँगै शेयर कारोबार रकम पनि घटेको छ । गत कारोबार दिन (बुधबार) १ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएकोमा आज शेयर कारोबार रकममा ३१ करोड रुपैयाँ कमी आएको हो । नेप्से परिसूचक १.२९ अंक घटेर १३८१.३७ विन्दुमा झरेको छ ।

१८६ कम्पनीले २० हजार ५४८ पटकको कारोबारमा ३२ लाख ३७ हजार २३० कित्ता शेयर ९१ करोड ८१ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो कम्पनीको प्रतिशेयर मूल्य १० प्रतिशतले वृद्धि भई ९२४ रुपैयाँ कायम भएको छ । त्यस्तै महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको प्रतिशेयर मूल्य ६.०६ प्रतिशतले घटेर अन्तिम शेयर मूल्य ६६७ रुपैयाँ कायम भएको छ ।

सबैभन्दा बढी शेयर खरिद बिक्री भने नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको ११ करोड ७८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद बिक्री भएको छ भने अन्तिम शेयर मूल्य ५७५ रुपैयाँ कायम भएको छ ।

बिहीबार कारोबारमा आएका १२ समूहमध्ये ६ समूहको परिसूचकमा वृद्धि भएको छ भने बाँकी समूहको परिसूचकमा भने कमी आएको छ । सर्वाधिक परिसूचक वृद्धि होटल समूहको २.२७ प्रतिशत भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x