Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

शाओमीद्वारा नेपालमा रेडमी नोट ९ प्रो म्याक्स र मी पावर बैंक २ आई सार्वजनिक

शाओमीद्वारा नेपालमा रेडमी नोट ९ प्रो म्याक्स र मी पावर बैंक २ आई सार्वजनिक

काठमाडौं, २६ साउन । शाओमीले नेपालमा रेडमी नोट ९ प्रो म्याक्स र मी पावर बैंक २ आई सार्वजनिक गरेको छ । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले सोमवार नेपालमा रेडमी नोट सिरिज स्मार्टफोनको नवौं पुस्ताको नयाँ स्मार्टफोन र पहिलोपटक मी पावर बैंक २ आईको साथ ब्राण्डको नयाँ पावर बैंक समेत सार्वजनिक गरेको हो ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीका अनुसार रेडमी नोट ९ प्रो म्याक्सले आफ्नो सेग्मेन्टको हार्डवेयर र सफ्टवेयरको नवीनता प्रस्तुत गरेको छ । साथै शाओमीको बेस्ट सेलिङ्ग सिरिज रेडमी नोटले प्रो म्याक्स भेरियन्ट ल्याएको छ ।
औरा डिजाइन जुन हाम्रो रेडमी नोट ७ सिरिजमा प्रस्तुत गरिएको थियो । यसले अहिले रेडमी नोट ९ प्रो म्याक्सका साथ प्यारडाइम शिफ्ट भएको छ । यसले सुधारिएको औरा ब्यालेन्स डिजाइन प्रस्तुत गने बताइएको छ । १६.९सीएम (६.६७ इन्च) एफएचडी प्लस डट डिस्प्लेका साथ २०ः९ सिनेमेटिक स्क्रिनले इमर्सिभ अनुभव ल्याउने र फ्रन्टमा भएको इन डिस्प्ले क्यामेराले नचहरुलाई हटाउउने उल्लेख गरिएको छ ।
उक्त फोनको रियरमा क्वाड क्यामेरा सेटअप छ, जुन पछाडि ग्लासमा सुरक्षित ढंगले बसेको छ र स्क्वायर डिजाइनले सबै लेन्सहरुमा लगातार फिल्ड अफ भ्यू सक्षम गर्दै लेन्सहरु स्विच गर्दै फोकसबाट कम शिफ्ट हुन सक्षम पार्ने कम्पनीले बताएको छ । प्रयोगकर्ताको अनुभवलाई बढाउनका लागि, रेडमी नोट ९ प्रो म्याक्समा जेड एक्शीस लिनियर भाइब्रेसन मोटर विशेषता रहेको छ । रेडमी नोट ९ प्रो म्याक्समा स्लिम प्रोफाइल कायम राख्दै विशाल ५०२० एमएएच ब्याट्री रहेको छ ।
रेडमी नोट ९ प्रो म्याक्समा क्वाड क्यामेरा सेटअपको सुविधा सहित ६४ एमपी सामसङ्ग आइसोसेल ब्राइट जीडब्लु१ सेन्सर, ११९ डिग्री फिल्ड अफ भ्यूका साथ ८एमपी अल्ट्रा—वाइड सेन्सर, उद्योग अग्रणी ५एमपी म्याक्रो सेन्सर र २एमपी डेप्थ सेन्सर रहेको उल्लेख छ । रचनात्मक र सृजनाकर्ताहरुलाई सक्षम गर्नका लागि रेडमी नोट ९ प्रो म्याक्समा भिडियोग्राफीका लागि टुल जस्तै रियर क्यामेरा, दुवै मुख्य क्यामेरा र वाइड एन्गल सेन्सरमा सुपर स्टेबलाइजेशन कम्पनीले बताएको छ ।
यस्तै १०००० एमएएच मी पावर बैंक २आईमा एलिगेन्ट डबल एनोडाइज्ड एल्युमुनियक डिजाइन छ, जुन हलुका वजन भएको र मात्र १४.२ एमएम स्लिम छ । ८५ प्रतिशतसम्म रुपान्तरण दर भएको यसले गुणस्तरीय स्मार्टफोनलाई धेरै पटकसम्म चार्ज गर्न सक्ने बताइएको छ । उच्च क्षमता भएको २०००० एमएएच मी पावर बैंक २आई मा पोलीकारबोनेट केसका साथ एक्सट्रा ग्रिपका लागि पर्फोरेटेड एक्सटेरियर प्रस्तुत गर्ने कम्पनीको भनाइ छ । दुवै १०००० एमएएच मी पावर बैंक २आई र २०००० एमएएच मी पावर बैंक २आई मा लिथियम पोलिमर ब्याट्री र डुअल यूएसबी आउटपुट डिभाइस छ जसले गर्दा एकै साथ दुईवटा उपकरण चार्ज गर्न सकिने छ । साथै मी पावर बैंक २आईमा वल्र्ड—क्लास सरकिट चिप प्रोटेक्सनको ९ तहहरु छन् र टेक्सास इन्स्ट्रुमेन्टद्वारा निर्मित यूएसबी स्मार्ट कन्ट्रोल चिप र चार्जिङ÷डिस्चार्जिङ चिप रहेको र सुरक्षालाई सुनिश्चित गर्दै यसले चार्जिङ कन्भर्जन दरलाई सुधार गर्दै डिस्चार्जिङ भोल्टेजलाई स्थिर बनाउने कम्पनीले बताएको छ ।
रेडमी नोट ९ प्रो म्याक्स तीन कलर भेरियन्ट—इन्टरस्टेलर ब्ल्याक, अरोरा ब्लु र ग्लेसियर ह्वाइटमा ६जीबी+१२८जीबी र ८जीबी+१२८जीबी स्टोरेज भेरियन्टमा क्रमशः रु ३१,९९९ र रु ३४,९९९ मा उपलब्ध हुने बताइएको छ । मी पावर बैंक २आई दुई भेरियन्टमा १०००० एमएएच र २०००० एमएएचमा क्रमशः रु १,८९९ रु ३,१९९ मा उपलब्ध हुन बताइएको छ । कम्पनीका अन्सार दुवै फोन र पावर बैंक सबै आधिकारिक मी स्टोर,रिटेल पार्टनर र अनलाइन च्यानलमा उपलब्ध हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x