नेप्से परिसूचक ३७.७४ अंक वृद्धि, १ अर्ब ५५ करोडभन्दा बढिको शेयर कारोबार
काठमाडौं, २६ साउन । साताको दोस्रो कारोबार दिन (सोमबार) नेप्से परिसूचक ३७.७४ अंकले वृद्धि भई बन्द भएको छ । आज नेप्से परिसूचक २.७१ प्रतिशत वृद्धि भई १४३०.४१ मा पुगेको छ ।
१८९ कम्पनीको ३४ हजार ६२३ पटकको कारोबारमा ४२ लाख ५२ हजार ८०८ कित्ता शेयर १ अर्ब ५५ करोड ५५ लाख रुपैयाँमा खरिद विक्री भएको छ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सर्वाधिक शेयर खरिद विक्री भएको छ । यो कम्पनीको ६ करोड ९२ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ ।
साधना लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो कम्पनीको आज ९.८६ अंकले शेयर मूल्य वृद्धि भएको छ । आज कम्पनीको अन्तिम शेयर मूल्य ४७९ रुपैयाँ कायम भएको छ ।
कारोबारमा आएका १२ समूह मध्ये म्यूचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचकमा वृद्धि भएको छ । म्यूचुअल फण्ड समूहको परिसूचक ०.२९ अंकले घटेको छ । सर्वाधिक परिसूचक वृद्धि निर्जीवन बीमा समूहको भएको छ । यो समूहको परिसूचक ४.४२ अंकले वृद्धि भएको हो ।