Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विभिन्न कम्पनीका सेवामा १५ प्रतिशत छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विभिन्न कम्पनीका सेवामा १५ प्रतिशत छुट

काठमाडौं, २७ साउन । मुक्तिनाथ विकास बैंक लिमिटेडले विभिन्न कम्पनीहरुसँग सहकार्य गरी ग्राहकलाई ती कम्पनीका सेवामा छुट हुने व्यवस्था गरेको छ । उक्त योजनामा बैंकले नेप्मेड्स अनलाइन फार्मेसी, इजी केयर अनलाइन फार्मेसी, आल्मा आर्टस र बाजेको सेकुवासँग सहकार्य गरेको हो ।

सम्झौतापश्चात बैंकका भिषा डेविट कार्ड वाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरूले माथि उल्लेखित कम्पनीहरुबाट सेवा सुविधालिदा १५ प्रतिशतसम्म छुट पाउने छन् ।

त्यस्तै बैंकले व्यालेन्स सर्टिफिकेट, चेक बुक, गुड फर पेमेण्ट चेक जारी शूल्क र अन्तरशाखा बैंकिङ्ग कारोबार सेवा निःशुल्क गरेकोे छ । साथै बैंकका ग्राहकले भिसा नेटवर्कअन्तर्गत जुन सुकै बैंकको एटीएमबाट निःशुल्क रकम झिक्न सक्ने व्यवस्था गरेको बैंकका सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x