Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

भदौ १६ देखि नियमित हवाई उडान सुचारु नगरे आन्दोलन गर्ने व्यवसायीको चेतावनी

भदौ १६ देखि नियमित हवाई उडान सुचारु नगरे आन्दोलन गर्ने व्यवसायीको चेतावनी

काठमाडौं, २८ साउन । सरकारले आगामी भदौ १६ देखि पनि नियमित हवाई उडान सेवा सुचारु नगरे आन्दोलन गर्ने चेतावनी व्यवसायीहरुले दिएका छन् । वायुसेवा सञ्‍चालक संघ, नेपालले भदौ १६ देखि पनि हवाई सेवा सुचारु नगरे आन्दोलनमा उक्रने चेतावनी दिएको हो ।

सरकारले यसअघि भदौ १ देखि नै नियमित हवाई सेवा सुरु गर्ने निर्णय गरेको थियो । तर पछिल्लो समय देशव्यापी कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पुनः भदौ १५ सम्मका लागि हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।

भदौ १ देखि नै उडान सुचारु गर्न दिने भनेपछि वायुसेवा संचालकहरुले आवश्यक तयारी सुरु गरेका थिए ।

अब पनि हवाई सेवा सञ्‍चालन नगरे बन्द गर्नुपर्ने अवस्था आउने संघले जनाएको छ। ‘हवाई सेवा उद्योगलाई तत्कालै सञ्‍चालनमा नल्याउने हो भने सेवा नै बन्द हुन जाने भएकाले भदौ १६ देखि हवाई सेवा पुनः सञ्‍चालन नभएमा बाध्यतावश हामी आन्दोलित हुने अवस्था सिर्जना हुनेछ,’ संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

कोरोना संक्रमणका कारण गत चैत पहिलो सातादेखि नियमित हवाई उडान बन्द छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x