Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सुनको मूल्यमा उतारचढाव, हिजो ६ हजारभन्दा बढी घटेको मूल्य आज २ हजार ४ सय बढ्यो

सुनको मूल्यमा उतारचढाव, हिजो ६ हजारभन्दा बढी घटेको मूल्य आज २  हजार ४ सय बढ्यो

काठमाडौं, २९ साउन । लगातार वृद्धि भई उच्च विन्दुमा पुगेर ह्वात्तै तल झरेको सुनको मूल्य बिहीबार (आज) प्रतितोला २ हजार ४ सय रुपैयाँ वृद्धि भएको छ । स्थानीय बजारमा गत कारोबार दिन (बुधबार) सूनको मूल्य एकै दिनमा १ लाख १ हजार ६ सय रुपैयाँबाट ६ हजार २ सय रुपैयाँ घटेर ९५ हजार ४ सयमा झरेको थियो । तर, सुनको मूल्य घट्ने यो क्रम एक दिन पनि टिक्न सकेन । आज सुनको मूल्य वृद्धि भई ९७ हजार ८ सय रुपैयाँमा खरिद विक्री भईरहेको नेपाल सूनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हालसम्म सुनको उच्च मूल्य १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको छ । यो मूल्य गत २३ गते कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । हिजो १ हजार २१० रुपैयाँमा खरिद विक्री भएको चाँदी आज प्रतितोला १ हजार २९५ रुपैयाँमा खरिद विक्री भइरहेको छ । चाँदीको अहिलेसम्मकै उच्च मूल्य गत २७ गते १ हजार ४३५ रुपैयाँ कायम भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x