Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सिद्धार्थ इन्स्योरेन्सको नाफा ८.७८ करोड

सिद्धार्थ इन्स्योरेन्सको नाफा ८.७८ करोड

काठमाडौं, २ फागुन । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासमा ८ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ५.४० प्रतिशतले बढी हो । कम्पनीले नाफा गत आवको सोही अवधीको तुलनामा ४५ लाख बढेको हो । यस अवधिमा कम्पनीले ४४ करोड ९५ लाख खुद बीमा शूल्क आर्जन गरेको छ । ६४ करोड १४ लाख चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष १८ लाख ५४ करोडबाट घटेर ७ करोड ९० लाख रुपैंयाँ सञ्चित हुन पुगेको छ ।
सिद्धार्थ इन्स्योरेन्सले ७६ हजार ७२१ बीमालेखबाट ८७ करोड १२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत बर्ष कम्पनीले ५८ लाख ६९९ बीमालेखबाट ७३ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको थियो । पुस मसान्त कम्पनील दुई हजार ५२८ वटा दाबीको ४६ करोड ३८ लाख रुपैंयाँ भुक्तानी गरेको देखिन्छ भने दुई हजार ४३२ दाबीको ७१ करोड ५८ लाख भुक्तानी हुन बाँकी रहेको छ । जुन गतबर्षको यसै अवधिको तुलनामा १० करोड ६७ लाख बढी हो ।
कम्पनीको बीमा कोष ३४ करोड ४४ लाखबाट ४५ करोड ६६ लाखमा पुगेको छ भने पूर्नबीमा कमिशन आय दुई करोडले बढाएर ११ करोड ५७ लाख आर्जन गरेको छ । व्यवस्थापन खर्च चार करोड बढेको कम्पनीले अभिकर्ता कमिशनमा दुई करोड २७ लाख खर्च गरेको देखिन्छ ।
इन्स्योरेन्सको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ३९ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १९२ रुपैयाँ ७३ पैसा रहेको छ ।
कम्पनीले चुक्ता पुँजी ६४ करोड १४ लाख २१ हजार ६०० रुपैयाँको ३५ प्रतिशत हकप्रद जारी गर्दैछ । हकप्रद बिक्रीपछि इन्स्योरेन्सको चुक्ता पुँजी ८६ करोड ५९ लाख पुग्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x