८.६५ अंकले बढ्यो नेप्से
काठमाडौं, २ फागुन । बुधबार शेयर बजार बढेको छ । शेयर बजारको परिसुचक बुधबार ८.६५ अंकले बढेको हो । यो वृद्धिसंगै नेप्से परिसुचक १३८८.९४ विन्दुमा पुगेको छ ।
कारोबार शुरु भएको समयदेखी नै बुधबार शेयर बजार बढ्न थालेको थियो । तर शेयर कारोबारको मध्ये दिनमा भने शेयर बजारमा गिरावट आएको थियो । तर कारोबारको अन्तिम समयसम्ममा नेप्से परिसुचक ८.६५ अंकले बढेको हो ।
बुधबार कुल १५५ कम्पनीहरुको ९ लाख ३१ हजार २१६ कित्ता शेयरहरुको किनबेचबाट ३८ करोड ६४ लाख ८६ हजार २०८ रुपैयाँको कारोबार भएको छ । बुधबार वित्त कम्पनी, उत्पादन समुह र अन्य समुहको परिसुचकमा गिरावट आएको छ भने बाँकी रहेको समुहगत परिसुचक भने बढेको छ ।