Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेपालमा वार्षिक रू. ५ अर्ब ३० करोडभन्दा बढीको लसुन, प्याज आयात : लकडाउनमै भित्रियो करिब साढे २ अर्बको

नेपालमा वार्षिक रू. ५ अर्ब ३० करोडभन्दा बढीको लसुन, प्याज आयात : लकडाउनमै भित्रियो करिब साढे २ अर्बको

काठमाडौं, ३ भदौ । नेपालमा पछिल्ला वर्षहरूमा लसुन, प्याजको आयात ठूलो परिमाणमा बढ्दै गएको छ । कृषिप्रधान देश भए तापनि व्यावसायिकता विकास र उत्पादकत्व बढ्न नसक्दा दैनिक उपभोग्य वस्तुमा मुलुकको परनिर्भरता बढ्दै गएको हो । भन्सार विभाग र व्यापार निकासी तथा प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार आर्थिक वर्ष २००८÷०९ मा लसुन र प्याजको आयात क्रमशः ६ करोड र ४६ करोडको भएको थियो । तर आयात बढ्दै गएर गत आर्थिक वर्ष २०१९÷२० मा लसुन रू. १ अर्ब ९ करोड तथा प्याज रू. ४ अर्ब २२ करोड बराबको भित्रिएको छ ।
विगत १२ वर्षको अवधिमा लसुन र प्याजको आयातको वृद्धिदर समेत बढ्दै गएको छ । सो अवधिमा लसुनको वार्षिक औसत आयात वृद्धिदर २२ प्रतिशत हाराहारीमा छ भने प्याजको करिब ३२ प्रतिशत रहेको देखिन्छ ।
नेपालीको भान्छामा अनिवार्यजस्तै मानिएको यी दुई वस्तुको आयात लकडाउनको बेलामा समेत खासै प्रभावित भएको छैन । लकडाउनको ४ महिना अवधिमा लसुन र प्याजको आयात करिब साढे २ अर्ब रुपैयाँ बराबरको भएको देखिन्छ । सो अवधिमा यी दुई वस्तुको आयात कुल २ अर्ब ४४ करोड रुपैयाँको भएको हो, जसमा लसुन मात्र ३५ करोड रुपैयाँ बराबरको भित्रिएको छ भने प्याज २ अर्ब ९ करोड मूल्य बराबरको आयात भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x