उपत्यकामा निषेधाज्ञा अत्यावश्यक बाहेकका सबै सेवा ठप्प
काठमाडौं, ४ भदौं । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा लागू भएको छ। मध्यरातदेखि नै लागू गरिएको निषेधाज्ञामा अत्यावश्यक बाहेकका सबै सेवा सञ्चालन गर्न निषेध गरिएको छ ।
उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भदौ ३ गते राति १२ बजेदेखि १० गते राति १२ बजेसम्म उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
सडकमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिती छन् । निषेधाज्ञा पालना नगरि सवारी चलाउनेहरुको सवारी होल्ड गरिएको छ। निषेधाज्ञाको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जोसुकै उपर प्रचलित कानूनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ।