Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

गत वर्ष बैंक तथा वित्तीय संस्थाको १ हजार ७९ वटा शाखा थपिए, तर ६ स्थानीय तहमा अझै बैंक पुग्न बाँकी

गत वर्ष बैंक तथा वित्तीय संस्थाको १ हजार ७९ वटा शाखा थपिए, तर ६ स्थानीय तहमा अझै बैंक पुग्न बाँकी

काठमाडौं, १० भदौ । गत आर्थिक वर्ष २०७६–०७७ सम्ममा १ सय ९६ वटा बैंक तथा वित्तीय संस्था मर्जर भएका छन् । वित्तीय स्थायित्व सुदृढीकरण गर्ने नेपाल राष्ट्र बैंकले नीति अनुरुप बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् गत वर्षको असार मसान्तसम्म १ सय ९६ बैंक तथा वित्तीय संस्थाहरु मर्जर एवं प्राप्ति प्रक्रियामा सामेल भएका छन्।

यसमध्ये १ सय ५० संस्थाहरुको इजाजत खारेज हुन गई ४६ संस्था कायम भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

हाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या १ सय ५५ रहेको छ । जसमा २७ वाणिज्य बैंक, २० विकास बैंक, २२ वित्त कम्पनी, ८५ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक छ ।

अघिल्लो आर्थिक वर्ष यो संख्या १ सय ७१ वटा थियो ।

वित्तीय संस्थाहरुको शाखा १ हजार थपियो

गत आर्थिक वर्षसम्ममा वित्तीय संस्थाको संख्या १ हजार ७९ वटा थपिएको छ। अघिल्लो आर्थिक वर्ष २०७५–०७६ को असार मसान्तमा ८ हजार ६ सय ८६ रहेको थियो । यो संख्या बढेर अहिले गत वर्षको असार मसान्तमा ९ हजार ७ सय ६५ शाखा संख्या पुगेको छ ।

अझै ६ स्थानीय तहमा पुगेन बैंकिङ पहुँच

त्यस्तै नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार कुल ७ सय ५३ स्थानीय तहमध्ये गत वर्षको अन्तसम्म ७ सय ४७ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । अझै ६ स्थानीय तहमा बैंकिङ पहुँच पुग्न बाँकी छ ।

अघिल्लो वर्षको अन्तसम्मा ७ सय ३५ स्थानीय तहमा बैंकको शाखा पुगेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x