नेप्से परिसूचक बुधबार पनि बढ्यो, साढे २ अर्बमाथि कारोबार
काठमाडौं, १० भदौ । बुधबार (आज) नेप्से परिसूचक बढेसँगै साढे २ अर्ब रुपैयाँमाथिको कारोबार भएको छ । आज चालु आर्थिक २०७७/७८ वर्षयताकै सर्वाधिक शेयर कारोबार भएको हो । यो दिन २ अर्ब ६५ करोड ६१ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ ।
नेप्से परिसूचक २१.१० अंक वृद्धि भई १४६२.०४ विन्दुमा उक्लिएको छ । १८६ कम्पनीको ३४ हजार ६२० पटकको कारोबारमा ५८ लाख ८२ हजार १०१ कित्ता शेयर खरिद विक्री भएको छ । आज सर्वाधिक शेयर खरिद विक्री नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यो कम्पनीको ३४ करोड ९२ लाख रुपैयाँको शेयर खरिद विक्री भएको हो । नेपाल पुनर्र्बीमाको आज अन्तिम शेयर मूल्य ७१२ कायम भएको छ ।
त्यस्तै सर्वाधिक शेयर मूल्य वृद्धि एनआरएन इन्फ्राइस्टक्चर डेभलपमेन्ट लिमिटेडको भएको छ । यो कम्पनीको कारोबार धितोपत्र दोस्रो बजारमा आजदेखि खरिद विक्री सुरु भएको हो । शेयर खरिद विक्री सुरुभएकै दिन यो कम्पनीको शेयर मूल्य ३० रुपैयाँ वृद्धि भएको छ ।
त्यस्तै समृद्धि फाइनान्स कम्पनी लिमिटेडको आज सर्वाधिक शेयर मूल्य घटेको छ । यो कम्पनीको शेयर मूल्य १४ रुपैयाँ घटेको छ भने अन्तिम शेयर मूल्य १२९ कायम भएको छ ।
कारोबारमा आएका १२ समूहमध्ये होटल समूह र जीवन बीमा समूह बाहेक सबैसमूहको परिसूचक वृद्धि भएको छ । होटल समूहको परिसूचक ०.१३ प्रतिशत र जीवन बीमा समूहको परिसूचक ०.२ प्रतिशत घटेको छ ।