Date

बुध, कार्तिक १४, २०८१
Wed, October 30, 2024

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष चयन भएन, शर्माले गरे बैठकको अध्यक्षता

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष चयन भएन, शर्माले गरे बैठकको अध्यक्षता

काठमाडौं, १२ भदौ । राष्ट्रिय वाणिज्य बैंकमा सञ्चालकमा नियुक्त भएका प्राडा उपेन्द्र कुमार कोइरालाको विषयलाई लिएर अतिरञ्जना व्याप्त भएपछि बिहीबारको सञ्चालक समितिको बैठकले अध्यक्ष चयन गरेन । कोइराला अर्थ मन्त्री स्तरीय निर्णयबाट सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त भएका थिए । उनलाई बुधबार सञ्चालक समितिको बैठकबाट अध्यक्ष बनाउने योजना मुताबिक सञ्चालक बनाइएको भएपनि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग नाता जोडेर सामाजिक सञ्जाल र आम सञ्चार माध्यमले यो विषय उछालेपछि बुधबारको बैठक बिहीबार सरेको हो ।
उपप्रधानमन्त्री पोखरेलसँग नाताले सम्धि पर्ने कोइरालाको सातौं राजनीतिक नियुक्तिमा नातावाद हावी भएको भन्दै चर्को विरोध भएपछि बिहीबार बैठकको अध्यक्षता अर्थमन्त्रालय बजेट महाशाखा प्रमुख धनीराम शर्माले गरेका थिए । बैंकका यसअघिका अध्यक्ष निर्मलहरी अधिकारीलाई सरकारले राजस्व बोर्डको सदस्यमा नियुक्त गरेपछि उक्त पद रिक्त भएको थियो ।
राष्ट्रिय वाणिज्य बैंक पूर्ण रुपमा सरकारी स्वामित्वको बैंक भएकाले यसअघि सरकारले नै अध्यक्ष नियुक्त गरेर पठाउने चलन थियो । तर पछिल्लो समय अर्थ मन्त्रालयले सञ्चालक नियुक्त गर्ने र सञ्चालकहरुले अध्यक्ष छान्ने प्रचलन शुरु गरिएको छ । सोही अनुसार कोइरालालाई बैंकको अध्यक्ष बनाउने गरी सञ्चालक नियुक्त गरिएको भएपनि विरोध तीव्र बन्दै गएपछि उपप्रधानमन्त्री पोखरेलले आफूले कोइरालाको नियुक्तिका लागि सिफारिश नगरेको बताइसकेका छन् । कोइराला यसअघि नेपाल खाद्य संस्थानको महाप्रबन्धक, नेपाल आयल निगमको कार्यकारी अध्यक्ष, उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्ष, महेन्द्र मोरङ क्याम्पस र स्नातकोत्तर क्याम्पस विराटनगरको क्याम्पस प्रमुख र मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति रही सकेका छन् । उनी मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिबाट केही महिनाअघि सेवानिवृत्त भएका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x