खसीको मासु प्रतिकेजी ८५० रुपैयाँमा बिक्री गर्दै भाटभटेनी
काठमाडौं, १२ भदौ । भाटभटेनी सुपरमार्केटले प्रतिकेजी ८५० रुपैयाँमा खसिको मासु बिक्री गर्न थालेको छ । बजारमा खसीको मासु प्रतिकेजी १३ सय रुपैयाँमा बिक्री भइरहेको बेला भाटभटेनीले भने थोरै नाफा राखेर सस्तोमा खसिको मासु उपलब्ध गराउँन थालेको हो ।
भाटभटेनीले नेपालगञ्ज र भैरहवाबाट ल्याइएका खसीको मासुको मूल्यमा थोरै मार्जिन राखेर मात्रै बिक्री गरिरहेको जनाएको छ । बजारमा बिचौलियाका कारण खसीको मासुको मूल्य महंगिदै गएको छ ।
भाटभटेनीका अनुसार अहिले टंगाल, पाटन र महाराजगञ्ज स्टोरबाट प्रतिकेजी ८५० रुपैयाँमा खसीको मासु किन्न पाइन्छ । भाटभटेनीले गोलभेडा, चिनी र आलु पनि बाहिरबाट सस्तो मूल्यमा ल्याएर बिक्री गरिरहेको जनाइएको छ ।