Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

धनगढी उप–महानगरपालिकाद्वारा एकीकृत फोहर व्यवस्थापन कार्यक्रमका लागि सम्झौता

धनगढी उप–महानगरपालिकाद्वारा एकीकृत फोहर व्यवस्थापन कार्यक्रमका लागि सम्झौता

धनगढी, २३ भदौ । धनगढी उप–महानगरपालिका र जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (जिआईजेड) बीच एकीकृत तथा दिगो फोहर ब्यबस्थापन कार्यक्रम संचालनका लागि सोमबार सम्झौता भएको छ ।
धनगढी उप–महानगरपालिकाका तर्फबाट प्रमुख नृपबहादुर वड र जिआईजेडका तर्फबाट तिर्थ सिन्हाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । काठमाडौंमा भएको सम्झौतामा जर्मन दुतावासमा विकास सहयोग प्रमुख डा. स्टेफान रुसेक, जिआईजेड नेपालका राष्ट्रिय निर्देशक डाक्टर एल्क फोस्टर, विभिन्न परियोजनाका प्रमुख प्राविधिक सल्लाहकार, कर्मचारीको उपस्थिति थियो ।
सम्झौता भदौ २२ गते देखि प्रभावकारी हुने नगरप्रमुख नृपबहादुर वडले बताए । ‘यो कार्यक्रम अन्तरगत फोहरलाई श्रोतमै पृथकीकरण गरिने छ’ नगरप्रमुख वडले भने, ‘स्वास्थ्य सेवा प्रदानगर्ने संस्थाबाट उत्पादन हुने संक्रामक फोहरलाई व्यवस्थापन तथा पुनः चक्रीकरण गरि नगरपालिकाको फोहर व्यवस्थापन प्रणालीमा एकीकृत गरिनेछ । उप–महानगरपालिकाले एकीकृत फोहर व्यवस्थापनका लागि नीति तथा रणनिति तयार गर्ने, फोहर स्रोतमै उचित पृथकीकरण गर्ने, संक्रामक फोहर उपचार प्रणालीको स्थापना गर्ने, व्यावहारिक तथा दिगो विकास मोडेलको विकासमा सहयोग गर्नेछ भने जिआईजेडले प्राविधिक सहयोग तथा क्षमता विकासका क्षेत्रमा आवश्यक सहयोग गर्ने नगरप्रमुख वडले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x