Date

सोम, असार २३, २०८२
Mon, July 7, 2025

गत आवमा मुलुकभर बने २१० मोटरेबल पुल

गत आवमा मुलुकभर बने २१० मोटरेबल पुल

काठमाडौं, २४ भदौ । गत आर्थिक वर्षमा मुलुकभर २१० मोटरेबल पुल निर्माण भएका छन् । १ वर्ष अवधिमा निर्माणाधीन उक्त संख्यामा पक्की पुल निर्माण भएको सडक विभागले बताएको छ । विभागले सो अवधिमा निर्माणाधीनमध्ये ३०० पुल सम्पन्न गर्ने लक्ष्य राखेको भए पनि पूरा हुन नसकेको हो । काम हुने मुख्य समयमै गरिएको ४ महिना लामो लकडाउनका कारण अपेक्षित लक्ष्य हासिल हुन नसकेको विभागले बताएको छ ।
गत आर्थिक वर्षमा पुल निर्माणका लागि विभागले विनियोजित बजेटको २ गुणाभन्दा बढी खर्च गरेको छ । गत आवमा पुल निर्माणका लागि ४ अर्ब बजेट रहेकोमा विभागले रू. १३ अर्ब बजेट खर्च गरेको हो । निर्माणाधीन करिब १ हजार ५०० पुल तथा नयाँ पुलको डिजाइन तयार पार्न उक्त बजेट खर्च भएको विभागले बताएको छ ।
यद्यपि अन्य विकास संरचनाको तुलनामा पुल निर्माणमा बढी अर्थात् ७० प्रतिशत प्रगति भएको दाबी विभागको छ । कोरोना महामारीको जोखिम र अन्य जटिलता भए पनि पुल निर्माणमा उल्लेख्य प्रगति भएको विभागले बताएको छ । विगतको लडडाउनको अवधिममा मात्र मुलुकभर ८० ओटा पुल निर्माण भएको जानकारी विभागले दिएको छ । चालू आर्थिक वर्षमा पुल निर्माणका लागि १० अर्ब बजेट विनियोजन गरिएको छ, जसअनुसार नयाँ ३०० पुल निर्माणको ठेक्का लगाउने तयारी भइरहेको विभागले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *