Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

राष्ट्रिय वाणिज्य बैंक र कमलामाई नगरपालिकाबीच सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र कमलामाई नगरपालिकाबीच सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता

काठमाडौं, २८ भदौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिन्धुलीको कमलामाई नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नगर प्रमुख खड्गबहादुर खत्रीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पछि नगरलालिकाले नगर क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी तालिमको व्यवस्थापन गर्ने र तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ । ती तालिम प्राप्त उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जाअन्तर्गत कर्जा लगानी गर्ने बताइएको छ ।

सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले आफ्नो कूल कर्जाको एक प्रतिशत बराबर रकम सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको र यस्तो कर्जाले देशलाई उत्पादनसँग जोड्न सघाउ पुर्याउने बताए । नगर प्रमुख खत्रीले नगरपालिकाले लिएको उत्पादन र रोजगारीसँग सम्बन्धित लक्ष्य प्राप्त गर्नका लागि बैंकको सहुलियतपूर्ण कर्जाबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले राज्यले अबलम्बन गरेको नीतिलाई सहयोग पुग्ने गरी बैंकले विभिन्न ९ वटा शीर्षकमा सहुलियतपूर्ण कर्जा प्रवाह गरिरहेको जनकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x