नेप्से परिसूचक १५३६.५८ विन्दुमा, ३ अर्ब ३६ करोडभन्दा बढीको शेयर कारोबार
काठमाडौं, २८ भदौ । सताको पहिलो कारोबार दिन आइतबार (आज) नेप्से परिसूचक वृद्धि भएर बन्द भएको छ । आज नेप्से परिसूचक १५.८९ अंक वृद्धि भई १५३६.५८ विन्दुमा रोकिएको हो ।
१९१ कम्पनीको ७१ लाख ७३ हजार ४३३ कित्ता शेयर ३ अर्ब ३६ करोड ६८ लाख रुपैयाँमा खरिद विक्री भएको हो । सर्वाधिक शेयर खरिद विक्री नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको २४ करोड २० लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको हो ।
आज सर्वाधिक शेयर मूल्य वृद्धि रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यो कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशत वृद्धि भएको हो । रिलायन्सको प्रतिशेयर मूल्य ४५२ रुपैयाँ कायम भएको छ ।
कारोबारमा आएका १२ समूहमध्ये उद्योग, वित्त र म्यूचुअल फण्ड समूहको परिसूचमा कमी आएको छ भने बाँकी समूहको परिसूचकमा वृद्धि अएको छ ।