Date

शनि, बैशाख २७, २०८२
Sat, May 10, 2025

निकासी पैठारी संघलाई राजस्व बोर्डमा राख्न माग

निकासी पैठारी संघलाई राजस्व बोर्डमा राख्न माग

काठमाडौं, २ असोज । नेपाल समुद्रपार निकासी पैठारी संघले राजस्व बोर्डमा संघको सहभागिता गराउन माग गरेको छ । संघका अध्यक्ष सुनिलकुमार वंशलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीवार अर्थ मन्त्रालयका सचिव शिशिरकुमार घिमिरे र राजस्व सचिव रामशरण पुडासैनीलाई भनेर यस्तो माग गरेको हो । संघ आयात–निर्यातकर्ता व्यवसायीको प्रतिनिधि संस्था रहेको, लामो समयदेखि सरकारका विभिन्न निकायमा संघको सहभागिता रहेको भन्दै संघले स्थायी राजस्व बोर्डमा पनि संघलाई सहभागी गराउन माग गरेको छ ।
त्यसैगरी, प्रधानमन्त्री तथा राष्ट्रपतिबाट हुने विदेश भ्रमणमा सहभागी हुने व्यापारिक प्रतिनिधिमण्डलमा संघको प्रतिनिधित्व गराउन, आयातमा प्रतिबन्ध लागेका कारण मदिराको चोरी पैठारी बढेको लगायत डिएपीबाट हुने आयातमा तोकिएको रकमको सीमाले उधारोमा सामान आयात गर्न पाउने सुविधाबाट स्वदेशी व्यवसायी वञ्चित भएको विषयमा प्रतिनिधिमण्डलले सचिवद्वयको ध्यानाकर्षण गराएको छ ।
जवाफमा दुवै सचिवले संघका जायज मागहरुलाई सम्बोधन गर्ने वचन दिएका छन् । प्रतिनिधिमण्डलमा अध्यक्ष वंशलका अतिरिक्त उपाध्यक्ष विनोदकुमार सेठिया र शिवकुमार अग्रवाल, महासचिव मदन मित्तल, सचिव अनिलकुमार अग्रवाल र कार्यसमिति सदस्य गौरव शारडा सहभागी थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *