Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

शाओमीद्वारा दुई वटा नयाँ ब्राण्डका स्मार्ट टिभी सार्वजनिक

शाओमीद्वारा दुई वटा नयाँ ब्राण्डका स्मार्ट टिभी सार्वजनिक

काठमाडौं, २ असोज । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले नेपालमा दशैं उत्सवको लाभ लिँदैै दुईवटा नयाँ उत्पादन— मी टिभी ४एक्स (५५ इन्च) र मी एलईडी टिभी ४ए प्रो (४३ इन्च) सार्वजनिक गरेको छ । ग्लोबल टेक्नोलोजीले भर्चुअल कार्यक्रममार्फत दुईवटा उत्पादन सार्वजनिक गरेको हो ।

योसँगै शाओमीले पहिलो पटक नेपालमा टिभीको नयाँ श्रेणीमा प्रवेश गरेको छ । कम्पनीले आज यी दुवै उत्पादनहरु डिजिटल अनावरणको नयाँ ढाँचामा प्रारम्भ गरेको छ । मी टिभी ४एक्स (५५ इन्च) को ६४ हजार ९९९ रुपैयाँ पर्ने छ भने मी एलईडी टिभी ४ए प्रो (४३ इन्च) मूल्य ३९ हजार ९९९ रुपैयाँ पर्ने छ । मी टिभी ४एक्स (५५ इन्च) २०२० संस्करणले नेपालमा ठुलो टिभीमा महत्वपूर्ण परिवर्तन ल्याएको बताइएको छ ।

मी टिभी ४एक्स (५५) २०२० संस्करण गुगलको नयाँ एन्ड्रोइड टिभी ९.० को साथ गुगल एसिसटेन्ट, युट्यूब, क्रोमकास्ट, गुगल प्ले स्टोर र डाटा सेभर बिल्ट—इनमा आउँने कम्पनीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x