Date

बुध, जेष्ठ १, २०८२
Wed, May 14, 2025

नेपाली अर्थतन्त्र पुनरुत्थानका लागि विश्व बैंकको २४ अर्ब ऋण

नेपाली अर्थतन्त्र पुनरुत्थानका लागि विश्व बैंकको २४ अर्ब ऋण

काठमाडौं, २ असोज । विश्व बैंकले नेपाललाई २ सय मिलियन अमेरिकी डलर अर्थात करिब २४ अर्ब रुपैयाँ ऋण अनुमोदन गरेको छ। कोरोना भाइरसले सृजित समस्यासँग जुधेर अर्थतन्त्रको पुनरुत्थान, आर्थिक वृद्धि, वित्तीय क्षेत्रको स्थायित्व तथा वित्तीय सेवा पहुँचको विस्तारका लागि यो ऋण स्वीकृत गरिएको जनाइएको छ।

अहिलेको संकटमा नागरिकको जीवन रक्षा गर्नु पहिलो प्राथमिकता भएपनि आर्थिक पुनरुत्थानका लागि प्रोत्साहित गर्नु पनि उत्तिकै आवश्यक रहेको बताउँदै विश्व बैंकका नेपालस्थित आवासीय निर्देशक फारिस हदाद–जर्भोसले यो सहयोग रकमले नेपालको वित्तीय क्षेत्र, पुँजी तथा बीमाको बजारको सुदृढीकरणमा सहयोग गर्ने बताए।

खासगरी अहिलेको संकटपछि वित्तीय क्षेत्रमा पर्ने सम्भावित जोखिम घटाउन सुपेरीवेक्षणलाई सुदृढ बनाउन, बीमा र पुँजी बजारको सुधार, भेन्चर क्यापिटल तथा निजी इक्विटीका क्षेत्रमा काम गर्न यो रकम खर्च गरिनेछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *