एनआईसी एशिया बैंकको सुपर चमत्कारिक कर्जाहरूको आवेदन खल्ती डिजिटल वालेटमार्फत दिन सकिने
काठमाडौं, ३ असोज । एनआईसी एशिया बैंकले खल्ती डिजिटल वालेटमार्फत सुपर चमत्कारिक कर्जाहरूको आवेदन दिन सक्ने व्यवस्था गरेको छ । बैंकले ग्राहकको सुविधालाई मध्येनगर गर्र्दै उक्त योजना सार्वजनिक गरेको हो ।
यो कर्जा योजनाअन्तर्गत समावेश गरिएका सर्वाधिक फाइदा तथा सुविधाहरू भएका सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जाको आवेदन उक्त खल्ती डिजिटल वालेटबाट जुनसुकै समय र स्थानबाट आवेदन दिन सकिने व्यवस्था गरिएको हो ।
साथै बैंकको मोबाईल बैंकिङ्ग सुविधा उपभोग गरिरहेएका ग्राहकले आफ्नो बैंक खातामा खल्ती डिजिटल वालेटलाई असोज १४ सम्म लिंक गरे ५० रुपैयाँ नगद उपहार प्राप्त गर्न सक्ने व्यवस्था खल्ती वालेटले गरेको छ । खातामा वालेटलाई जोडेपश्चात् वालेटमार्फत वस्तु तथा सेवा खरिद गर्दा लागत रकम सिधै बैंक खाताबाट भुक्तानी गर्न सकिने व्यवस्था उपलब्ध हुने बैंकले जनाएको छ ।
बैंकले वार्षिक ८.२५ प्रतिशत व्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा उक्त तीनवटा कर्जाहरू ल्याएको छ । उक्त ब्याजदर एक वर्षसम्मका लागि परिवर्तन नहुने सुनिश्चितताका लागि बैंक र ऋणीको बिचमा व्यवस्था हुने कर्जा प्रस्ताव पत्र तथा बैंकले ब्याजदर सम्बन्धी प्रतिबद्धता पत्रको समेत व्यवस्था गर्ने बताएको छ । साथै एक वर्ष पश्चात् बैंकले ८.२५ प्रतिशत वा बेसरेट ८.२५ प्रतिशतभन्दा बढी भएमा बेसरेट बराबर नै यस कर्जाको ब्याजदर कायम गर्ने व्यवस्था गरेको छ ।
हाल बैकले ३२६ शाखा कार्यालयहरू, ४६७ एटीएम, १०३ वटा एक्स्टेन्सन काउण्टर र ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।