कामना सेवा विकास बैंक र अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्सबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता
काठमाडौं, १५ असोज । कामना सेवा विकास बैंक र अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्स प्रा.लि.बीच व्यावसायिक सहकार्य गर्ने सम्झौता भएको छ । यो सम्झौतापछि बैंक तथा नेपाल राष्ट्र बैंकबाट जारी निर्र्देशनहरुको पलना गरी अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्सबाट सिफारिस भइ आएका ग्राहकहरुलाई बैंकले सरल तरिकाबाट घर कर्र्र्जा प्रदान गर्ने जनाइएको छ ।
यो सुविधा बैंकको १ सय २४ वटै शाखाबाट उपलब्ध हुने छ । यसबाट “आफ्नै व्यक्तिगत घर होस“ भन्ने सपना बोकेका ग्राहक महानुभावहरुको अभिलासा पुरा गर्न सहज हुने कुरामा आफु विश्स्त रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताउनु भयो ।
यस समझदारी पत्रमा कामना सेवा विकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बस्नेत र अजिरा बिल्डर्स एण्ड कन्ट्रयाक्टर्सका प्रबन्ध निर्देशक अनुप ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।