कस्मोपोलिटियन सेफ अवार्डबाट सम्मानित सेफ कुमार चालिसे बाजेको सेकुवामा आवद्ध

काठमाडौं, १८ असोज । “प्रथम नेपाली कस्मोपोलिटियन सेफ अवार्ड”बाट सम्मानित कुमार चालिसे बाजेको सेकुवामा आबद्ध भएका छन् । २२ बर्षदेखी खाना तथा आतिथ्य क्षेत्रमा अनवरत रुपमा योगदान गरिरहेका चालिसे असोज १५ गतेदेखि बाजेको सेकुवामा आवद्ध भएका हुन् । बाजेको सेकुवालाई प्रतिनिधित्व गर्दै सन् २०१३ मा मकाउमा आयोजित खाना महोत्सवमा सेफ चालिसे “उत्कृष्ट प्रदर्शन अवार्ड”बाट सम्मानित भएका थिए ।
नेपालमा पनि उनि सन् २०१७ मा “उत्कृष्ट सेफ अवार्ड”बाट सम्मानित भएका थिए । मौलिक नेपाली खानालाई विश्वमाझ परीचित गराउने लक्ष्य सहित उनले विभिन्न देशहरु जस्तै जापान, मलेसीया, बर्मा, सिंगापुर, हङ्कङ, इरान, पाकिस्तान, दुवइ, कतार, मकाउ, रसीया, बेलायत, स्विजरल्यान्ड, जर्मनी, फ्रान्स, स्पेन आदिको भ्रमण समेत गरेका छन् । उनले अष्ट्रेलीया तथा स्विजरल्यान्डबाट विभिन्न तालिमहरु पनि लिएका छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फ्राञ्चाइजको आक्रामक विस्तारको योजना बनाएको बाजेको सेकुवाले ग्राहकहरुको चाहाना बमोजिम खानाहरुलाई थप गुणस्तरीय बनाउने र नयाँ नयाँ नेपाली स्वादहरु विकास गर्ने उद्देश्यसहित सेफ चालिसेलाई आवद्ध गराएको बताएको छ । सेफ चालिसेले आगामी फ्राञ्चाइजहरुमा ट्रेनिङ, किचेन सेटअप, नयाँ खाना विकास लगायतका कार्यहरुमा नेतृत्व गर्ने हुदाँ यसले फ्राञ्चाइजहरुमा गुणस्तरीय खाना तथा स्वच्छतामा थप एकरुपता आउने कम्पनीको दावी छ ।