Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

एआई—पावर्ड क्यामेराको साथ नोकिया २.४ सार्वजनिक

एआई—पावर्ड क्यामेराको साथ नोकिया २.४ सार्वजनिक

काठमाडौं, १८ असोज । एचएमडी ग्लोबल, होम्स फर नोकिया फोनले आइतवार नोकिया २.४ सार्वजनिक गरेको छ । नोकिया २ को अर्को जेनेरेशनले नाइट मोड र पोट्रेट मोड सहित एडभान्स इमेज सुविधा ल्याएको कम्पनीले बताएको छ, जसले फोटोलाई अर्को स्तरमा पुर्याउन मद्दत गर्ने उल्लेख छ ।

यस फोनमा ठुलो ६.५ इन्च एचडी प्लस स्क्रीनका साथ दुई दिनसम्म टिक्ने ब्याट्री लाइफ रहेको छ । फोनमा ३ वर्षसम्मको मासिक सक्युरिटी अपडेट र २ वर्ष सम्मको ओएस अपडेट छ, जसको अर्थ यो एन्ड्रोइड ११ र १२ का लागि तयार छ ।

फोनमा एआई इमेजिंगबाट फ्यूल्ड विस्तृत नाइट र पोट्रेट शटको सुविधा रहेको कम्पनीले बताएको छ, जसअन्तर्गत नाइट मोडमा एडभान्स इमेज फ्युजन र एक्पोजर स्ट्याकिंगका साथ नोकिया २.४ ले अँध्यारो अवस्थाहरुमा पनि जीवन्त विवरणहरु खिच्न अनुमति दिने बताइएको छ ।
सेल्फी नोचका साथ ठुलो एचडी प्लस डिस्प्लेले स्क्रीनले आफ्नो लोकप्रिय शो हेर्न चाहनेहरुका लागि सुलभ मुल्यमा उत्कृष्ट दृश्य अनुभव प्रदान गर्ने उल्लेख छ ।

यो फोन फिनिश रुटबाट प्रेरित टाइमलेस डिजाइन, टिकाउका लागि निर्मित रहेको कम्पनीले दाबी गरेको छ । एन्ड्रोइड ११—का लागि तयार नोकिया २.४ ले एक सुव्यवस्थित ईन्टरफेस र कुनै ब्लोटवेयर बिना एक उत्कृष्ट सफ्टवेयर अनुभव ल्याएर आफ्नो शुद्ध, सुरक्षित र अप—टु—डेट वाचा प्रदान गर्ने कम्पनीले बताएको छ ।

नोकिया २.४ ग्रे रंगमा २जीबी र्याम र ३२जीबी रोमका साथ उपलब्ध छ । यो फोन अब नेपाली बजारमा रु.१४,५९९ मा दराज डट कम डट एनपी र सस्तो डिलमा उपलब्ध हुनेछ । नेपालका लागि नोकिया फोन को आधिकारी वितरक टेलि टक रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x