Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

आजदेखि सञ्चालनमा आउँदै तातोपानी भन्सार नाका

आजदेखि सञ्चालनमा आउँदै तातोपानी भन्सार नाका

काठमाडौं, १९ असोज । करिब ३ महिनादेखि बन्द रहेको तातोपानी भन्सार नाका आजदेखि सञ्चालनमा आउँदै छ । नाका सुचारु गर्नेबारे दुई देशका अधिकारीहरूबीच गत मंगलवार सहमति भएको थियो । तातोपानी भन्सार कार्यालयका अनुसार तिब्बतको खासादेखि बीच बाटोमा रोकिएका करिब ८०० कन्टेनर सामान पहिलो चरणमा आउने भएको छ ।
नाकामा अर्बाैं रुपैयाँबराबरको सामान रोकिएको भन्दै यसअघि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले चीनतर्पmको तीन सरकारी निकायलाई चिठी लेखेर सामान छुटाउने व्यवस्था गरिदिन आग्रह गरेको थियो ।

गत हप्ताको सहमति अनुसार चीनले आइतवार मात्र ६ कन्टेनर सामान पठाएको बताइएको छ । तातोपानी भन्सार कार्यालयका अनुसार उक्त मालवस्तु ल्याउन नेपालका तर्फबाट चालक, सहचालक र मजदूर गरी दुई समूह बनाइएको छ ।

चिनियाँ पक्षले तत्काललाई दैनिक १५ भन्दा बढी कन्टेनर छुटाउने कार्यालय प्रमुख लालबहादुर खत्रीले बताएका छन्, जसमा तयारी पोशाक लत्ताकपडा, इलेक्ट्रोनिक सामान, स्याउ, लसुन, प्याज, कस्मेटिक सामान, खेलौना लगायत सामान रहेका छन् । चाडपर्वका लागि आवश्यक सामानको अभाव हुन नदिन भन्सारबाट सामान जाँचपास चुस्त बनाइने कार्यालयले बताएको छ ।
चीनमा कोभिड–१९ शुरू भएदेखि नै तातोपानी नाका अनियमित रहँदै आएको छ । गत असार २५ गते सिन्धुपाल्चोकको जम्बुमा गएको पहिरोका कारण सडक अवरुद्ध हुँदा सो नाका पूर्णरूपमा ठप्प रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x