Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

भैरहवा सेजमा लगानी प्रतिबद्धता आउने क्रम बढ्दै

भैरहवा सेजमा लगानी प्रतिबद्धता आउने क्रम बढ्दै

काठमाडौं, २७ असोज । भैरहवा विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग स्थापनाका लागि लगानी प्रतिबद्धता आउने क्रम बढेको पाइएको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)को पछिल्लो तथ्यांक अनुसार उक्त सेजमा करिब २० वटा उद्योगका लागि रू.४ अर्ब ४ करोड ५० लाखभन्दा बढीको लगानी प्रतिबद्धता आएको छ । स्वदेशी एवं विदेशी लगानीकर्तामार्फत सो लगानीको प्रतिबद्धता आएको हो ।
भैरहवा सेजमा नयाँ उद्योग आउने क्रम जारी रहेको प्राधिकरणले बताएको छ । यस्तै कोरोना महामारीकै बीच पनि सेजको विकासका कामहरू पनि भइरहेको प्राधिकरणका सूचना अधिकारी सुन्दर थापाले जानकारी दिएका छन् । चालू आर्थिक वर्षमा उक्त सेजमा चारवटासम्म उद्योग थपिने उनको भनाइ छ । उद्योगी व्यवसायीले यहाँ २० वटा उद्योग स्थापनाका लागि दर्ता गराइसकेको र त्यसका लागि १ लाख २० हजारभन्दा बढी वर्गमिटरको क्षेत्रफल प्रयोग हुने बताइएको छ ।
भैरहवा सेजमा यसअघि नै शक्ति मिनरल्स उद्योगले उत्पादन थालेर निकासी समेत गर्दै आएको छ, जुन यस सेजको पहिलो उद्योग हो । यसैगरी ग्रो वेल, न्योनो हर्बल, सिद्धार्थ पाइप, न्यु मेटल लगायत उद्योग स्थापनाका लागि दर्ता भएका छन् ।
सेजमा सडक, बिजुली, पानी, गोदाम लगायतको व्यवस्थापन प्राधिकरणले गर्दै आएको छ । विशेष आर्थिक क्षेत्र ऐन २०७३ अनुसार २०७३ असोज १८ मा प्राधिकरण स्थापना भएको थियो । निर्यात प्रवद्र्धन, व्यापार घाटा घटाउने, रोजगारी सृजना, विदेशी लगानी र प्रविधि भिœयाउने लगायत सेजका उद्देश्य रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x