Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

श्रमिकका समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण

श्रमिकका समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं, २७ असोज । कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित श्रमिकका समस्या समाधान गर्न आग्रह गर्दै नेपाली कांग्रेस श्रमिक तथा ट्रेड युनियन विभागले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । विभाग प्रमुख शिवप्रसाद हुमागाईले सोमबार प्रधानमन्त्रीलाई १९ बुदे ध्यानाकर्षणपत्र बुझाएका हुन ।

ध्यानकर्षणपत्र बुझाएपछि नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा श्रमिक तथा टे«ड युनियन विभागले उठाएका मुद्दालाई सम्बोधन नगरे श्रमिक तथा मजदुरका लागि आन्दोलित हुने विभाग प्रमुख शिवप्रसाद हुमागाईले बताए ।

कोरानाका कारण रोजगारी गुमाएका १० लाख भन्दा बढी श्रमिकले अनुभुत गर्न सक्नेगरी सरकारले केही नगरेको आरोप लगाउदै विभागले श्रमिकलाई नियमित भुक्तानी दिलाउन र चाडपर्व खर्च स्वरुप प्रतिपरिवार १० हजार उपलब्ध गराउन माग गरेको छ ।


विभागले श्रमिक वर्गका लागि राहत उपलब्ध गराउन माग गरेको हो । श्रमजिवी पत्रकारलाई न्यूनतम पारिश्रमिक र कोरोना राहत उपलब्ध गराउन समेत विभागले माग गरेको छ । विदेशमा अलपत्र परेका श्रमिकको उद्दार र व्यवस्थापन गर्न तत्काल सरकारले तदारुकता देखाउनुपर्ने बिभागको माग छ ।

साथै हाल गर्दै आएको कोरोना परिक्षणलाई दैनिक ४० हजार पु¥याउन र संक्रमितलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको क्वारेन्टिनमा राख्न समेत विभागले ध्यानाकर्षण गराएको छ । संक्रमितका कारण दीर्घरोगी र अन्य रोगीले समेत उपचार नपाएकाले वेग्लै उपचार गर्ने अस्पतालको व्यवस्था गर्न भनिएको छ । कोभिडको वहानामा सरकारले दैनिक प्रशासनिक काम समेत रोकेको र भ्रष्टाचार मौलाउन प्रोत्साहन गरेको कांग्रेसको आरोप छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x