एनआईसी एशिया बैंकको कार्डमार्फत ई–कमर्शमा अनलाइन भुक्तानी गर्दा २५ प्रतिशतसम्म नगद फिर्ता

काठमाडौं, २७ असोज । एनआईसी एशिया बैंकले ग्राहकमैत्री योजनाहरू ल्याउने क्रममा दशैं, तिहार, नेपाल र छठपर्वलाई लक्षित गर्दै अनलाइन सामान खरिद गर्दा आकर्षक नगद फिर्ता योजना सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत सस्तोडेल, ग्यापु मार्केट प्लेस, ठूलो पसल, इन्फिस्टोर, ओकेदाम र कालमार्ट जस्ता ई–कमर्शबाट बैंकका ग्राहकले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ता प्राप्त गर्न सक्ने छन् ।
नेपालमा अनलाइन किनमेल बढिरहेको वर्तमान अवस्थामा चाडपर्वका समयमा अझ बृद्धि हुने प्रक्षेपणअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकलाई प्रोत्साहन गर्नका लागि उक्त ई–कमर्श कम्पनीहरूबाट जुनसुकै सामग्रीहरू खरिद गर्दा आकर्षक नगद फिर्ताको व्यवस्था गरेको बताएको छ ।
बैंकले सस्तोडेल, ग्यापु मार्केट प्लेसमा २० प्रतिशत वा २००० सम्म, काल्मार्टमा २५ प्रतिशत वा १५०० रुपैयाँसम्म तथा ठूलो पसल, इन्फास्टार र ओकेदाममा १५ प्रतिशत वा १००० रुपैयाँसम्म नगद फिर्ता हुने व्यवस्था गरेको बताइएको छ । यो योजना असोज २७ गते (आज) देखि कात्तिक १ गतेसम्म लागु हुने बताइएको छ ।
हाल बैंकले ३२७ शाखा कार्यालयहरू, ४६९ एटीएम, १०२ वटा एक्स्टेन्सन काउण्टर र ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।