महालक्ष्मी विकास बैंकका ऋणीहरुलाई दशैंको अवसरमा व्याज रकममा छुट

काठमाडौं, २७ असोज । महालक्ष्मी विकास बैंक लिमिटेडले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण उत्पन्न असहज परिस्थितिमा ऋणीहरुलाई व्याज रकमा छुट दिने भएको छ ।
बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरुलाई राहत पु¥याउने उद्देश्यले ऋणीहरुले असोज मसान्तभित्र तिनुपर्ने व्याज भुक्तानी गरेमा भुक्तानीभएको व्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ । बैंकले व्याज रकममा १० प्रतिशत छुट असोज मसान्त भरी प्रदान गर्ने जनाएको छ । ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता÷ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै बैंकले केही कर्जाहरुमा व्याजदर घटाएको बताएको छ ।
हाल बैंकले १०२ वटा शाखा कार्यालय र ३४ वटा एटीएमहरुमार्फत सेवा प्रदान गर्दै आएको छ ।