सन्राइज बैंकमा अब मिस्डकल गरेरै बिजुलीको पैसा तिर्न सकिने

काठमाडौ, २७ असोज । सन्राइज बैंकले ग्राहकहरुलाई लक्षित गर्दै मिस्ड कल सेवामार्फत विद्युत महसुल भुक्तानी गर्ने सेवा सुरु गरेको छ । यस सेवाको सुरुसँगै अब सन्राइज बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरुले बैंकले तोकेको मोबाइल नम्बर ९८५१२७३८६२ मा मिस्डकल गरी आफ्नो मासिक विद्युत महसुल तिर्न सक्नेछन् ।
यस सेवाप्रयोग गर्नको लागि एकपटक आफ्नो विद्युत महसुल सम्बन्धी विवरण सन्राइज बैंकको कुनै पनि शाखामा दर्ता गराउनु पर्नेछ । ग्राहकहरुको सुविधाको लागि डिजिटल दर्ता प्रणाली पनि छिटै कार्यावयनमा आउने बैकले जनाएको छ ।
हालसम्म सन्राइज बैंकका ग्राहकहरुले सन्राइज स्मार्ट एपबाट बत्ति, पानी आदिको शुल्क भुक्तानी गर्दै आएकोमा अब इन्टरनेट बिनानै सामान्य मोबाइलबाटै मिस्डकल गरेर बिजुलीको बिल तिर्न सक्ने व्यवस्था गरिएको हो ।