Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

जलविद्युत् लगानी तथा विकास कम्पनीद्वारा ९ वर्षमा १९ अर्बभन्दा बढी लगानी

जलविद्युत् लगानी तथा विकास कम्पनीद्वारा ९ वर्षमा १९ अर्बभन्दा बढी लगानी

काठमाडौं, २७ असोज । नेपाली नागरिकले साधारण शेयरसमेत लगानी गरेको, नेपाल सरकार तथा विभिन्न वित्तीय संस्थाको लगानी रहेको जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआइडिसिएल)ले स्थापनाको ९ वर्षमा वर्षमा रू. १९ अर्बभन्दा बढी लगानी गरेको छ । कम्पनीले हालसम्म ५१५.४ मेगावाट क्षमताका विभिन्न १३ वटा आयोजनामा रू. १० अर्ब ८ करोड, स्वपूँजीतर्फ ७८७.३ मेगावाट क्षमताका पाँच आयोजनामा रू. ८ अर्ब ३ करोड र पाँचवटा सरकारी कम्पनीमा रू. १ अर्ब १ करोड लगानी गरेको राससद्वारा प्रकाशित आलेखमा उल्लेख छ ।
जलविद्युत् आयोजनालाई स्वपूँजी जुटाउने लक्ष्यका साथ सरकारले स्थापना गरेको सो कम्पनीले थप लगानीका लागि कम्पनीले वैदेशिक पूँजी भिœयाउन विदेशी बैंक तथा वित्तीय संस्थासँगको सहकार्यलाई तीव्रता दिएको बताइएको छ । राससका अनुसार कम्पनीले गत आवसम्ममा शेयरधनीलाई झण्डै रू. पाँच अर्ब लाभांश र आयकर भुक्तानी गरिसकेको छ । यस्तै करपछिको खुद नाफा मात्रै रू. ५ अर्ब २४ करोड भइसकेको जनाइएको छ ।
कम्पनीले जलविद्युत् आयोजनाको विकासको लागि सरकारी निकायबाट मात्रै सम्भव नहुने हुँदा निजी क्षेत्रलाई समेत अघि बढाउने र उनीहरुलाई प्रवद्र्धन गर्दै सहकार्य गरी अघि बढ्ने लक्ष्य राखेको छ । कम्पनीले आफ्नो मूल लक्ष्यलाई पूरा गर्न पाँचवर्षे व्यावसायिक कार्ययोजना बनाएको छ । सोही लक्ष्यअनुसार आव २०७८÷७९ को अन्त्यसम्म कुल ३ हजार ३३९ मेगावाट क्षमताका विभिन्न २३ अयोजनामा रु ६५ अर्ब स्वपूँजी लगानी गर्ने तयारी गरेको प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलको भनाइ उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।
यस्तै २ हजार ८१० मेगावाट क्षमताका १४ आयोजनामा करिब रू. ४९ अर्ब ऋण लगानी गरिनेछ । कम्पनीले समग्रमा चार हजार ३६७ मेगावाट क्षमताका आयोजना अगाडि बढाउने लक्ष्य राखेको छ । सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने ध्येयका साथ गरिरहेको कामलाई कम्पनीको तर्फबाट विशेष महत्व दिएर अगाडि बढाइएको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x