शिवम् सिमेन्टले २४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं, २९ असोज । शिवम् सिमेन्टले गत आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट शेयरधनीलाई २४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।
कम्पनीको हिजो सम्पन्न सञ्चालक समितिको बैठकले उक्त नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नियामक निकायको स्वीकृती पश्चात आगामी साधारण सभामा पेश गरिने छ । सो सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउने छन् ।
कम्पनीले अघिल्लो आर्थिक वर्ष १५. ७८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।