घोडीघोडा लघुवित्त र युनिक लघुवित्त एक आपसमा गाभिने, नेप्सेमा शेयर कारोबार रोक्का
काठमाडौं, २३ कात्तिक । घोडीघोडा लघुवित्त वित्तीय संस्था र युनिक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन् । यी दुई वित्तीय संस्था एक आपसमा गाभिने भएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले घोडीघोडाको शेयर कारोबार आइतवारदेखि रोक्का गरेको छ ।
उक्त कम्पनी र युनिक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने सम्बन्धी सहमति पत्रमा गत शुक्रबार हस्ताक्षर भएको छ ।